काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाईजहाज बिचबाटै काठमाडौं फर्काइएको छ ।
बिहान १० बजे पोखराका लागि उडेको जहाज ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । उक्त जहाजको ढोका आकाशमै खुलेको हुनाले काठमाडौं फर्काइएको जनाइए पनि त्यसको पुष्टि भने गुण एयरले गरेको छैन । तर पनि अहिले प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको बताइएको छ।
उक्त जहाजबाट पोखरा जाँदै गरेका एक यात्रुले ‘यात्रु चढ्ने ढोका खुलेको’ बताए पनि एयरलाइन्सले भने त्यसको पुष्टी गरिसकेको छैन ।
उक्त उडानका यात्रुहरुलाई गुणकै अर्को जहाजमा पोखरा पठाइने भएको छ । जहाज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
Facebook Comments