एजेन्सी । जनवरीमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सार्वजनिक रूपमा चीनको प्रशंसा गर्यो किन कि चीनले भाइरसको आनुवंशिक नक्शा “तुरुन्त” दिएको लागेको थियो । त्यसकारण डब्लुएचले चीनको काम र पारदर्शिताप्रतिको प्रतिबद्धता प्रभावशाली रहेको बतायो ।
तर पर्दा पछाडिको कथा फरक थियो । चीनले गरेको ढिलाइ र घातक भाइरसको फैलावटसङ्ग लड्न आवश्यक जानकारी नदिएकोमा डब्ल्यूएचओका अधिकारीहरूबीच ठूलो निराशा उतिखेरै देखी रहिआएको एसोसिएटेड प्रेसले पत्ता लगाएको छ।
वास्तवमा चीनका तीनवटा सरकारी प्रयोगशालाहरूले पूर्णरूपमा डिकोड गरिसकेको एक हप्ता भन्दा बढी समयसम्म भाइरसको आनुवंशिक नक्शा वा जीनोम जारी नगरेको डब्लुएचओलाई थाहा रहेको एपीले पता लगाएको छ। दर्जनौं अन्तर्वार्ता र आन्तरिक कागजातहरूका अनुसार चिनियाँ जनस्वास्थ्य प्रणालीको सूचनामा कडा नियन्त्रण गरिएको पाइएको छ। चीनले बिरामी र केससम्बन्धी विस्तृत तथ्यांक उपलब्ध गराउन कम्तीमा दुई हप्ता बढी रोक लगाएको पनि खुलेको छ ।
डब्ल्यूएचओका महानिदेशक टेड्रोस गेबेरियसस मार्चमा जेनेभामा पत्रकार सम्मेलनमा चीनको प्रशंसा गरिरहेका थिए किनभने उनी चीनबाट बढी जानकारी लिन चाहन्थे । तर भित्रै भित्रै उनी निराश थिए । आन्तरिक बैठकहरुमा चीनले भाइरसको प्रभावकारिता वा बाँकी विश्वमा कस्तो जोखिम हुने खतराको आकलन गर्न पर्याप्त डाटा बाँडफाँड नगरेको गुनासो गर्थे।
अमेरिकी महामारी विज्ञानी मारिया भान केरखोभले धेरै न्यून जानकारीमा काम गरिएको स्वीकारछन । चीनले गरेको उक्त गल्तीका लागि हाल अमेरिकी स्वास्थ्य एजेन्सीले जुटेको छ।
Facebook Comments