आजबाट लाइसेन्स छपाइ सुरु, सकेसम्म टाढाकालाई घरमै पुर्याउने व्यवस्था गरिने

काठमाडौं । एक वर्षदेखि बन्द भएको स्मार्ट लाइसेन्सको छपाइ काम मंगलबारदेखि फेरि शुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाइ शुरु भएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

घिमिरेले ४ वटा मेसिनले स्मार्ट लाइसेन्स छपाइको काम शुरु गरेको बताए ।

‘विभागसँग भएका ४ वटा मेसिनले प्रतिघण्टा ४५० वटा कार्ड छाप्न सक्छन्,’ उनले भने, ‘यी मेसिनमार्फत् दैनिक ३ सिफ्टमा १० हजार छपाइ गर्न सकिन्छ ।’

माघ महिनाभित्र स्मार्ट लाइसेन्स लिन बाँकी भएका सबैले लाइसेन्स पाउने विभागका महानिर्देशक घिमिरेले बताए ।

कार्यक्रमा मन्त्री यादवले टाढाबाट लाइसेन्स लिन आउनु पर्ने बाध्यतालाई हटाउन आगामी दिनमा हुलाकबाटै स्मार्ट लाइसेन्स सम्बन्धित व्यक्तिको घरैमा पुर्याउने व्यवस्था समेत गरिने बताएकी छन् ।

घिमिरेका अनुसार अबदेखि नविकरण गर्ने मानिसहरुले १० देखि ३० दिनभित्र लाइसेन्स पाउन सक्ने जानकारी दिए ।

‘पहिला नयाँ लाइसेन्स पर्खेर बसेकाहरुलाई वितरण गरिन्छ,’ उनले भने, ‘यो पहिलो चरण सकिएपछि मात्र नवीकरण गर्नेहरुलाई लाइसेन्स वितरण थालिन्छ ।’

अबदेखि ट्रायल पास गर्ने बितिकै अस्थायी लाइसेन्स वितरण गरिने पनि उनले बताए ।

‘अस्थायी लाइसेन्सले १ वर्षसम्म काम गर्छ,’ उनले भने, ‘यो लाइसेन्स पाएको एक वर्षसम्म परीक्षण समयको रुपमा लिइन्छ । त्यो एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स पाउने छन् ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.