वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

काठमाडाैँ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ ।
एनबीएको तथ्यांक अनुसार गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको
छ ।

पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । गत पुस २ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको हो ।
यसैगरी पुस लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी थप ४ अर्ब रुपैयाँले बढेको छ । गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८४ रुपैयाँ रहेको पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो एक सातामा भने वाणिज्य बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ । गत पुस २ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको बैंकर्स एसोसिएसनले जनाएको छ ।

Facebook Comments