वामदेवले गरे प्रचण्डकाे प्रशंसा

काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रशंसा गरेका छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनकाे प्रशंसा गरेका हुन् ।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएकाे छ, ‘उहाँकाे मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नाे मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनकाे तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयाे ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.