चट्याङ लागेर दुई महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा चट्याङ लागेर दुई जनाकाे मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार वर्षासँगै परेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ केटवलिया की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

Facebook Comments