बीएसएफ भारत–बंगलादेश मित्रताको प्रमुख स्तम्भ होः जयशंकर

एजेन्सी । भारतीय विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत–बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत–बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बिहीबार बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै, विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन्।

‘हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास रचेको थियो । युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ,’–उनले भनेका छन् । यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, ‘राष्ट्रपति रामनाथ कोविन्दहाल ढाकामा विजय दिवसको उत्सवमा सम्मानित अतिथिको रूपमा बंगलादेशको राजकीय भ्रमणमा हुनुहुन्छ ।’

यसअघि, प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको स्वतन्त्रता, कूटनीतिक सम्बन्धको ५० वर्ष र बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीको स्वर्ण जयन्ती समारोहमा सहभागीहुन मार्च महिनामा बंगलादेशको भ्रमण गरेका थिए ।

यस वर्ष डिसेम्बर ६ तारिखमा, भारत र बंगलादेशले संयुक्त रूपमाविश्वभर ‘मैत्रीदिवस’ (मित्रतादिवस) मनाएको थियो । यस दिनभारतले बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यतादिएको थियो। ‘यस झरझरा सिमानाको अनुपम प्रकृतिलाई ध्यानमा राख्दै, जहाँ मानिसहरू सीमानजिकै बस्छन् र जातीय र सांस्कृतिक सम्बन्ध साझा गर्छन्, प्रभावकारी सीमाव्यवस्थापन अपरिहार्य छ । बीएसएफले विगत पाँच दशकदेखि यो जटिल र बहुमुखीकार्य गरिरहेको छ’ –जयशंकरले बताएकाछन् । परराष्ट्र मन्त्रीले जानकारी दिएका छन्, ‘सीमामा शान्ति सुनिश्चित गर्न बीएसएफको योगदान र बंगलादेशी सीमा रक्षक (बीजीबी) को सहकार्य आवश्यक छ । यसले हाम्रा जनताहरू बीचको मित्रता कायम राख्न मद्दत गरेको छ ।

बीजीबीसँग साझेदारीमा, बीएसएफले परिचालन समन्वय सुनिश्चित गर्न र सामाजिक सम्बन्ध सुदृढ गर्न धेरै उपायहरू थालेको छ । सन् १९७१ को युद्धमा बीएसएफले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले सन् १९६५ मा पाकिस्तानबाट भारतको सिमानाको रक्षा गर्न जन्मेको बीएसएफ त्यति बेला पनि आफ्नो बाल्यावस्थामा रहेको छ ।धरै तरिकामा, १९७१ को अनुभव बीएसएफको लागि प्रेरणा भएको छ ।

यद्यपि, बीएसएफ सेना द्वारा प्रदर्शित असाधारण बहादुरीका कारण पूर्वी र पश्चिमी सीमादुवैमा, भारतको पक्षमा नतिजामा आएको छ ।’ उनले भनेका छन् – ‘हामीमध्ये कसैले पनिमार्च १९७१ मा बंगलादेशका जनता विरुद्ध पाकिस्तानी सेनाले सुरु गरेको नरसंहार अभियानलाई कहिल्यै बिर्सन सक्दैनौं । सर्चलाइट अभियान साँच्चै हालको इतिहासमा सामूहिक अत्याचार र क्रुर हत्याको सबैभन्दा भयानक उदाहरण हो । जब बंगलादेशका जनता बंगबन्धु शेख मुजिबुर रहमानको वीर नेतृत्वमा यस क्रुरदमनको विरुद्ध उठे, भारतमा उनीहरूलाई सहज समर्थन प्राप्तभएको थियो ।

बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकारलाई कायम राख्ने संघर्षमा समर्थन गर्ने हाम्रो राजनीतिक, कूटनीतिक र सैन्य प्रयासहरूले अहिले राम्ररी मान्यता पाएका छन्। भारतको पूर्वी सिमानाको रक्षा गर्दै, बीएसएफले तत्कालयी घट्नाका परिणामहरूको साना गर्नुपर्यो । दशलाख शरणार्थी भारत आएकाथिए, सीमा क्षेत्रमा शिविरमा बसेका थिए। भारतका जनताले आफ्ना उत्पीडित दाजुभाइहरूलाई आफ्नो हृदयखोलेर समर्थन गरेका थिए । बीएसएफले अतुलनीय कुशलता र करुणाका साथ जमीनमा विकसित परिस्थितिलाई व्यवस्थित गरेका थिए ।’

Facebook Comments