पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घाेषणा गर्ने भएका छन् ।

पछिल्लाे पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसाे साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घाेषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.