अमेरिकामा १ लाख ६ हजारभन्दा बढीकाे कोरोनाले मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजार ९१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६२३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९१९ पुगेको हो।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ६३७ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख १२ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३९ हजार ७२ जनामध्ये १६ हजार ९४७ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments