भारतको महावाणिज्य दूतावास रक्तदान शिविरको आयोजना

काठमाडौं । भारतको महावाणिज्य दूतावास वीरगंजले रक्तदान शिविरको आयोजना गरेको छ । दूतावास परिसर भित्र रक्तदान शिविरको आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सव (भारत ७५) को अवसर र विश्व एड्स दिवस मनाउने क्रममा रक्तदान शिविरको आयोजना गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र महावाणिज्य दूतावासका सदस्यहरूलाई उनीहरूको अमूल्य योगदानको लागि धन्यवाद दिएका थिए ।

Facebook Comments