भारतीय नागरिकले सञ्चालन गरेकाे होटलबाट एनआइसी बैंकका संचालकसहित ९ ब्यापारी पक्राउ

काठमाडौँ । काठमाडाैँमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ ।

कमलादीस्थित एक होटलमा छापा मारेर होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईसहित प्रहरूिले ९ व्यापारीलाई पक्राउ गरेको हाे । होटेलबाट सोमबार साँझ प्रहरीले भिआइपी व्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक जोगाईलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

उनीहरुबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ ।

पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनीहरुको साथबाट दरबारमार्ग प्रहरी बृत्तको टोलीले क्यासिनो खेलमा प्रयोग हुने सिक्का समेत बरामद गरेको समाचार छ ।

लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले वताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.