मलाला यूसुफजईले कसिन् लगनगाँठो

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले विवाह गरेकी छिन्। २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गरेकी हुन्।

पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो।

मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन्। ‘असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ,’ उनले लेखेकी छिन्। उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन्। ‘हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ,’ उनले लेखेकी छिन्।

मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन्। जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो। मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२ मा घातक हमला भएको थियो। मलाला त्यतिबेला १५ वर्षकी थिइन्। उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन्। यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए।

मलालाले सन् २०१४ मा १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्। उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन्। सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.