काठमाडौं । डोटीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको प्रकोप फैलिएको जिल्लाकाे संख्या ५७ पुगेकाे छ ।
स्वास्थ्यमन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डोटीमा पहिलोपक २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैबीच नेपालमा सोमवार एकैपटक २२६ जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १,७९८ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
Facebook Comments