भ्रष्टाचारको आरोप लगाउँदै शम्भु थापाले भने– प्रधानन्यायाधीशले करोडभन्दा घटी कुरै गर्दैनन्

काठमाडौं । वरिष्ठ कानून व्यवसायी शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचारीको आरोप लगाएका छन् ।

नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको संकट र निकास विषयक छलफल कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानून व्यवसायीलाई आह्वान गरे ।

उनले प्रधानन्यायधीस ‘पैसामा लिप्त भएको’दाबी गरे । थापाले भने, ‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ति छ भन्नुस्, होइन भने बोल्नुस् ।’

न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको थापाले बताए । उनले भने, ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर । त्यहाँ त करोड घटीको कुरै हुँदैन । अरब-अरबको कुरा छ ।’

Facebook Comments