कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सो पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.