जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

सुर्खेत । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.