देउसी खेलेर फर्कदै गरेका कलाकारहरु चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते, ५ को अवस्था गम्भीर

हेटौंडा । लक्ष्मीपूजाको दिन देउसी खेल्न गएका कलाकारहरु चढेको बस मकवानपुरको बकैयामा पल्टिँदा ३२ जना घाइते भएका छन् ।

गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया–३ हात्तिसुडे देउसी खेली फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.