ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट : नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।

नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

Facebook Comments