प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भेटवार्ता गरेका हुन्।

उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । त्यसैगरी जलवायु, कोभिड-१९ बारे पनि छलफल भएकाे छ । त्यस्तै काेराेना महामारीपछि कसरी फड्काे मार्ने विषयमा पनि छलफल भएकाे बताइएकाे छ ।

Facebook Comments