आर्यन खानमाथि एनसीबीले फेरि लियो कडा एक्सन

मुम्बई : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले पनि जेलमा छन् ।

उनी कम्तिमा आउँदो बुधवारसम्म जेलमा बस्ने छन् ।

बुधवार उनको जमानतको आवदेनमा अदालतले फैसला सुनाउँदै छ ।

२३ वर्षीय आर्यन अहिले मुम्बईको आर्थर रोड जेलमा कैद छन् ।

उनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केसमा गिरफ्ता गरेको थियो ।

आर्यनबाहेक सात जनालाई अन्य आरोपीहरुलाई पनि एनसीबीले गिरफ्तार गरेको थियो, जसमा दुई उनका पुराना साथीहरु पनि हुन् ।

यसैबीच, आर्थर रोड जेलमा कैदी नम्बर एन ९५८ को रुपमा रहेका आर्यन खानसहित अन्य कैदीहरुलाई ब्यारेक नम्बर एकको क्वारेन्टिन ब्यारेकबाट निकालेर सामान्य कैदीहरुमाझ सारिएको छ ।

सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नै जेल प्रशासनले उक्त निर्णय लिएको बताइन्छ ।

यसका साथै अब आर्यनलाई बाहिर अथवा घरबाट आउने खाना खाने अनुमति नमिल्ने समाचार भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन् ।

यसअघि आर्यनलाई घरबाटै खानेकुरा पठाउने गरिएको थियो ।

घरबाट आउने खाना खान नपाउने भए पनि आर्यनलाई घरबाट पठाइने लुगा लगाउने अनुमति भने प्रदान गरिएको छ ।

यसअघि आर्यन खानलाई एनसीबीका अधिकारीहरुले जेल पठाउनुअघि काउन्सिलिङ गरेको समाचार पनि सार्वज्निक भएको छ ।

काउन्सिलिङको क्रममा आर्यनले अब आफू गरीवहरुको कल्याणका लागि काम गर्ने तथा भविष्यमा आफ्नो नामलाई बदनाम हुने कुनै पनि काम नगर्ने बताएका थिए ।

एनसीबीका क्षेत्रिय निर्देशक समीर वानखेडे तथा सामाजिक कार्यकर्ताहरुद्वारा गरिएको काउन्सिलिङको क्रममा आर्यनले जेलबाट मुक्त भएपछि गरीवहरुका लागि काम गर्ने बताएका थिए ।

‘म केही त्यस्तो काम गर्ने छु, जसले तपाईंलाई मप्रति गौरव महसुस गराउने छ, आर्यनले त्यसक्रममा भनेका थिए ।

Facebook Comments