एजेन्सी । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले घुसपैठ गरेको बताएको छ । चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
ताइवानको वायुसेनाले शुक्रवार फेरि ती चिनियाँ विमानलाई चेतावनी दियो जुन उसको वायु रक्षा क्षेत्रमा प्रवेश गर्यो, ताइवानको रक्षा मन्त्रालयले भन्यो, ‘उही दिन चीनले आफ्नो राष्ट्रिय दिवस मनाएको छ, जन गणतन्त्र चीनको स्थापना।’ ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे-१६, चार सुखाइ-३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच-६बम्बर्स र एउटा एन्टी-सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ । तर, यसबारे चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन ।
ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटकपटक लगाउँदै आएको छ । खासगरी ताइवान नियन्त्रित दक्षिण-पश्चिमी क्षेत्रको प्रतास द्वीप क्षेत्रमा चीनले हवाई उडान भर्ने गरेको आरोप लाग्दै आएको छ ।
चीनले ताइवानलाई चिनियाँ सार्वभौमसत्ता स्वीकार गर्न बाध्य पार्न सैन्य र राजनीतिक दबाब बढाएको छ। ताइवान भन्छ,’ कि यो एक स्वतन्त्र देश हो र यसको स्वतन्त्रता र लोकतन्त्र को रक्षा गर्न जे पनि गर्न तयार छौँ’ यसअघि पनि चीनले ताइवानको हवाई क्षेत्रमा घुसपैठ गर्दै आएको छ।




Facebook Comments