सर्वोच्चद्वारा पोर्नोग्राफी केसमा मुछिएकी गहना वशिष्ठलाई गिरफ्तार नगर्न आदेश

काठमाडौं। पोर्नोग्राफीमा केसमा नाम मुछिएसँगै चर्चामा रहेकी अभिनेत्री गहना वशिष्ठ अझैसम्म चर्चामा छिन् । यो त्यही पोर्नोग्राफी केस हो जसमा शिल्पा शेट्टीका पति राज कुन्दलाई गिरफ्तार गरिएको थियो ।

बुधबार भारतको सर्वोच्च अदालतले यो मामिलामा अभिनेत्री गहनालाई सुरक्षा प्रदान गरेको छ । सर्वोच्च अदालतले गहनालाई यो मुद्दामा गिरफ्तार नगर्न पुलिसको नाममा अन्तरिम आदेश दिएको छ र गहनालाई पनि अनुसन्धानमा सहयोग गर्न भनेको छ ।

यसअघि गहनालाई गिरफ्तार गरेर १३३ दिन हिरासतमा राखिएको थियो । गहनाविरुद्ध पोर्न सामग्री बनाएको र ती सामग्री ओटिटी प्लेटफर्ममा अपलोड गरेको अभियोगमा ३ एफआइआर दर्ता गरिएका थियो।

Facebook Comments