करिश्मालाई केपी ओलीको फोन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई ‘सरप्राइज’ फोन गरेका छन् । हाल १२ कक्षाको परीक्षा दिइरहेकी नायिका करिश्माले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी हुन ।

उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् ।

फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि करिश्माले उल्लेख गरेकी छिन् । करिश्माले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिएकी छिन् । करिश्माले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।

करिश्मा मानन्धरले फेशबुकमा लेखेकी छिन्-
फोन आउदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!
मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पि ओलि ?????
अ हो बिश्वस लागेन !!!

अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।
आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो
मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.