संखुवासभामा ६ जनाको हत्यालगत्तै घरभित्र को पस्यो ? मृतक रञ्जनाको मोबाइलमा के भेटियो ?

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी पक्राउ परिसकेका छन्। तर पनि प्रहरीले घटनाको अनुसन्धानलाई जारी नै राखेको छ।

आरोपी लोकबहादर कार्काी आफूले छिमेकी ६ जनाको हत्या गरेको स्वीकार गरेपछि उनलाई सार्वजनिक गरिसकिएको छ। प्रहरीले वाहीवाही पाइसकेको छ। र पनि घटनामा केही शंस्कापद क्लुहरु भेटिएपछि अनुसन्धान फरक कोणबाट जारी राखिएको प्रहरीको भनाइ छ। हाल घटनामा हराइरहेको मृतक रञ्जना कार्कीको मोबाइल प्रहरीले फेला पारेको छ। हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको घरबाट बिहीबार मोबाइल भेटिएको हो।

मोबाइल लोकबहादुर या अन्यले लुकाएको बारे केही खुलेको छैन। प्रहरीको निसानामा आरोपी लोकबहादरका भाइ पनि परेका छन्। फोन बरामद भएपछि लोकबहादुरका भाइ नरेशलाई शंकाको घेरामा राखी सोधपुछ गरिएको छ। हत्याको उनले दाजुलाई साथ दिएको हुन सक्ने अनुमान गरिएको छ। तर यसबारे प्रष्ट भइसकेको छैन। प्रहरीले नरेशलाई पक्राउ गरेको छैन।

कार्की परिवारकी बुहारी रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि हराएको थियो। स्विच अफ भएकाले फाल्न सकिने सम्भावित ठाउँमा पनि प्रहरीले खोजी गरेको थियो। फोन भेटिएसँगै त्यसबाट थप केही प्रमाण वा घटनासम्बन्धी नयाँ क्लु पाउन सकिने अपेक्षा प्रहरीको छ।

सो हत्याकाण्डमा एकै परिवारका तेजबहादुर कार्की, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.