नयाँ लुक्सका कारण ट्रोलको निशानामा परिन् नेहा कक्कड

काठमाडौँ । गायिका नेहा कक्कडले उद्योगमा नाम बनाउन निकै संघर्ष गरेकी छन् । तर लामो समयदेखि उनी ट्रोलरको निसानामा परिरहेकी छन् । नेहा र उनका भाइ अक्सर आफ्ना अन्तरंगी गीतका कारण प्रसंशकको निशानामा पर्दछन् ।

नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं हिट गीत दिएकी छन् । तर केही समयदेखि उनका गीत प्रसंशकलाई मन परेको छैन । हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन् । गीत फ्यानले रुचाएनन् । हालै उनले केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसको कारण उनी ट्रोलको निसानामा परिन् ।

तस्बिरमा उनले शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन् । जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन् । नेहा यो फेसन सेन्स कारणले ट्रोलको निशानामा परिरहेकी छन् । नेहाले जु स्टाइल बनाएकी छन् । त्यो स्टाइल हलिउडमा आफ्नो गीत सार्वजनिक गर्ने बेला प्रायः गायिकाले बनाउने गर्दछन् । नेहाले लुक्स कपी गरेको कारण उनी ट्रोलको निशानामा परेकी हुन् । उनको यो लुक्सलाई थुप्रैले कमेन्ट गरेका मजाक उडाएका छन् । ती मध्ये एकले लेखेका छन् ‘दिदी बनिन् शकिरा, भइन् फकिरा ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.