मुगु । चीनसँग जोडिएको नेपालको विभिन्न जिल्लामा सीमा विवाद देखिन थालेको छ । हुम्ला जस्तै मुगुमा पनि सीमा मिचिएको आशंका गरिएको छ । जसको लागि मुगु जिल्लाको सीमा निरीक्षण गर्न १६ जनाको टोली त्यहाँ पुगेको छ ।
नेपाल-चीन सीमामा रहेको १३ नम्बर पिलरको निरीक्षणका लागि १६ जनाको टोली खटिएको छ । बुधबार मुगुस्थित सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा १६ जनाको टोली खटिएको हो।
मुगु तिब्बत सीमा निरीक्षक टोलीमा सशस्त्र प्रहरीका निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी रहेका छन् । उक्त टोली बुधबार १३ नम्बर पिलरतर्फ गएको छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने बताइएको छ ।












Facebook Comments