सीमा विवादलाई आपसी संवादबाट टुङगोमा पुर्याऊ : अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ

काठमाण्डौ – लिपुलेक, कालापानी क्षेत्रसम्बन्धी सीमा विवादलाई सुझबुझपूर्ण तथा सद्भावयुक्त आपसी संवादबाट टुङगोमा पुर्याउन भूतपूर्व सैनिकहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विज्ञप्ति निकालेर दुई देशबिचको सम्बन्धलाई नै असर पार्ने गरी टिका टिप्पणी गर्दा दीर्घकालीन असर पर्नेतर्फ सचेत रहन आग्रह गरेको छ । साथै नेपाल भारत बीचको पुरानो सम्बन्धलाई कामय राखी खुला वातावरणमा संवाद गरेर निकास निकाल्न संघले आग्रह गरेको छ ।

Facebook Comments