चिनियाँ जेलबाट छुटेका हङकङका किशोर फेरि आगजनीको आरोपमा पक्राउ

काठमाडौं । गत वर्ष समुद्री क्षेत्रबाट पक्राउ परेपछि चिनियाँ जेलमा राखिएका हङकङका एक किशोर रिहा भएपछि फेरि हिरासतमा राखिएका छन् । प्रजातन्त्र समर्थकहरुमध्येका एकजना २० वर्षभन्दा कम उमेरका बालबालिकामाथि आगजनी गर्न खोजेको र खतरामा पारेको भन्दै उनलाई फेरि हिरासतमा राखिएको हो ।

हाओङ नामका ती १७ वर्षीय किशोरलाई फेरि हिरासतमा राखिएको हो । यसअघि हङकङमा विवादित राष्ट्रयि सुरक्षा कानुन लागु भएपछि पक्राउ पर्ने त्रासका कारण ताइवान भाग्न लागेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाले अन्तराष्ट्रिय समुदायको पनि ध्यानाकर्षण भएको थियो । अन्तराष्ट्रिय समुदायले चीनले गरेको व्यवहारको आलोचनासमेत गरेको थियो । उनीहरुलाई पक्राउ गरेदेखि नै हिरासतमा राखिएको थियो । १४ देखि २० वर्षसम्मका किशोरकिशोरीहरुलाई सुधार गृहमा राख्ने प्रावधान भए पनि उनीहरुलाई भने हिरासतमा नै राखिएको बताइएको छ ।

अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि रिहा भए पनि फेरि आगजनीको मुद्दामा नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।

एकपटक पक्राउ परेकाहरुलाई ६ महिनादेखि बढीमा तीन वर्षसम्म हिरासतमा राख्नुपर्ने प्रावधान रहेको छ । उक्त विषयको निर्णय गर्ने जिम्मा कमिसनर कार्यालयलाई दिइएको छ ।

हाओङलाई आगजनीको मुद्दामा दोषी ठहर गरिएको छ भने उनले विभिन्न धनमाल लुट्ने उद्देश्यले आगजनी गरेको आरोपसमेत लगाइएको छ । सन् २०१९ मा हङकङमा भएको प्रजातन्त्र पक्षधरहरुको बृहत आन्दोलनका क्रममा प्रदर्शनमा सहभागीहरुलाई राष्ट्रिय सुरक्षा कानुन लागु भएसँगै नियन्त्रणमा लिने गरेको थियो ।

Facebook Comments