वर्षाका कारण शिवाकोटीलाई यस्ताे आउन थाल्याे कमेन्ट !

काठमाडाैँ । आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन ।

विदेशमा बस्नेलाई देशको माया नहुने आशयको दोस्रो अभिव्यक्ति दिएपछि फेरि वर्षा राउत विवादमा परेकी छन् । वर्षा राउत विवादमा परेपछि अर्की नायिका वर्षा सिवाकोटीलाई तनाव सृजना भएको छ ।

वर्षा राउतको सामाजिक सञ्जालमा आलोचना भइरहँदा नाम मिलेकै आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षा सिवाकोटीमाथि खनिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई वर्षा सिवाकोटले थर हेरेर प्रतिक्रिया जनाउन आग्रह गरेकी छन् ।

तर सबैभन्दा बढी तनाब चै नाम जुध्न पुगेकी वर्षा शिवाकोटीलाई पर्यो । फ्यानको नराम्रो कमेन्ट र म्यासेजले दिक्क भएपछि नायिका वर्षा सिवाकोटी लेख्छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने कष्ट गरिदिनुहोला’

Facebook Comments