प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक सकिएलगतै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।