काठमाडौं । भारतले अष्ट्रेलिया र इण्डोनेशियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ४ नेपालीलाई पनि उद्धार गरेर भारत ल्याएको छ । कास्की घर भएका तीन जना र चितवन घर भएकी एक जना नेपाली विद्यार्थीलाई आफ्ना नागरिक उद्धार गर्न जाँदा त्यहाँ स्थित नेपाली दूतावासको आग्रहपछि आफ्ना नागरिकसँगै नयाँदिल्ली ल्याएको हो ।
कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको छ । साथै चितवन रत्ननगरकी एक नेपाली विद्यार्थी सेविका ढकाललाई पनि आफ्ना नागरिकसँगै भारत ल्याएको हो ।
उद्धार गरिएका ४ नेपाली मध्ये तीन जना बाबु–छोराहरु हुन् । एक छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवा हेरचाहका लागि हुनेछन् ।
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासले गरेको अनुरोधमा उनीहरुलाई दिल्लीसम्म ल्याइएको थियो । त्यस्तै चितवन रत्ननगरकी सेविका भारतस्थित महर्षी मार्कण्डेय विश्वविद्यालयमा बिबिए अध्यनरत सेविका विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत आफ्नो विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै ईण्डोनेशीयाको एरिलंगा विश्वविद्यालय पुगेकी थिइन् । उनलाई पनि भारतीय नागरिकसँगै भारत ल्याइएको छ ।
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ— India in Indonesia (@IndianEmbJkt) May 22, 2020
Facebook Comments