काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी गरिएको छ ।
यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बसिरहेको छ । बैठकमा अहिले भइरहेको निषेधाज्ञालाई जारी राख्ने वा अलि खुकुलो बनाएर जाने भन्ने बारेमा छलफल केन्द्रीत रहेको छ।
निषेधाज्ञालाई अलि खुकुलो बनाएर जाँदा सार्वजनिक सवारी साधन गर्नेसम्मको निर्णय हुनसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
कोरोना संक्रमणदर कम भएपछि सरकारले जारी निषेधाज्ञालाई सहज बनाउँदै लगेको छ । संक्रमणदर उच्च भएपछि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका ३ जिल्लाबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो ।




Facebook Comments