नेपालीहरू कतार प्रहरीमा भर्ना हुन पाउने, यस्तो छ तलव सुबिधा

काठमाडौँ। निजी क्षेत्रमार्फत् अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्।

तर, पहिले आफ्नो प्रहरीमा नेपाली नागरिक लिन इच्छुक कतारको ‘पछिल्लो मनस्थिति’ के छ भन्ने थाहा नभएकाले त्यसबारे अन्योल कायमै रहेको नेपाली अधिकारीको भनाइ रहेको बीबीसी नेपालीले उल्लेख गरेको छ।

केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए।

यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन “आफूखुसी रकम उठाएर” बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो।

उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो।

तलब
कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ।

५ फिट ७ इन्च उचाइका पुरुषका लागि मात्र मागपत्र पेस भएको दूतावासले जनाएको छ।

प्रहरीमा भर्ना भएर तालिम सकेपछि नेपालीहरूले मासिक ६ हजार कतारी रियाल अर्थात् करिब दुई लाख रुपैयाँ नेपाली तलब पाउने बताइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.