आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्। काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी छन्।

विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् ।

जातीय दुव्र्यवहार भएपछि विरोधमा उत्रिदा आफूमाथि अनलाइनहरुले कसैबाट परिचालन भएको बताउँदै भ्रामक समाचार लेखेको उनले बताएकी छन् । नेपाल पाना नमाक अनलाइनले रुपामाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपैयाँ रकमा खाएको आरोप लगाएको छ ।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।

‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु’, उनले लेखेकी छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.