अमेरिकाले नेपाललाई थप खोप दिने

अमेरिका । अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो ।

यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ ।

यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो । कोभिड–१९ बिरुद्धको लडाइँमा अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments