मेलम्ची बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

काठमाडौँ : मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको हो ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी विज्ञप्तिमा भनिएको छ ।

 

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.