आज कुन देशको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्टर्लिङ्ग एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।

आज स्वीस फ्रेङक एकको खरिददर १२९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३५ रुपैयाँ रहेको छ । यस्तै, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।

Facebook Comments