३०० कार्टुन अवैध रक्सीसहित ट्याक्टर नियन्त्रणमा, चालक फरार

पर्सा। प्रहरीले जिल्लाको छिपहरमाई गाउँपालिका-२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन अवैध रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

आज बिहान अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ट्याक्टरलाई दशगजा क्षेत्रमा रक्सिसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार भएपछि ट्याक्टर चेकजांच गर्दा उक्त परिमाणको रक्सी बरामद भएको हो । प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरमा रहेको ३ सय कार्टुन कस्तुरी रक्सी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

बरामद रक्सी र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको र ट्याक्टर धनी तथा चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.