ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.