नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ ।
उद्योगको आइस वियर प्लाण्टमा आज बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आउनसकेको छैन ।
प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगले जनाएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।




Facebook Comments