अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।

ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रबेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान् अमेरिकी राष्ट्रपति बाइडेन कै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दवावपछि सोमबार यो निर्णय आएको हो ।

डिमोक्र्याटिक पार्टी भित्रका प्रगतिशिल तथा शरणार्थी निकायहरूले वार्षिक रूपमा प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए ।

बाइडेनले सङ्ख्या बढाउने घोषणा गर्दै भन्नुभयो, “न्यूनतम मात्राले अमेरिकी मूल्य–मान्यताको प्रतिनिधित्व गर्दैन ।” धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको सङ्ख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरेपनि आफ्नै दलका नेताहरूको दवावपछि बाइडेनले यो निर्णय गनुभएको विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बाइडेनले भएको छ .

आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको सङ्ख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताउनुभयो ।

तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताउनुभयो ।

अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब दुई हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् ।

बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भन्नुभयो, “अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शङ्का उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.