सप्तरी । कोरोना संक्रमणबाट देशमा थप ३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ ।
आजसम्म २५ लाख ६० हजार ७३४ जनाको पिसीआर परिक्षण भएको छ । हाल तीन हजार ८६९ आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
