बुढानीलकण्ठमा बोलाइएको कांग्रेस पदाधिकारी बैठक भयो स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको पदाधिकारी बैठक स्थगित भएको जनाइएको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

Facebook Comments