जेठ अन्तिममा उपचुनाव गर्ने एमालेको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । बैशाख ६ देखि १२ गतेसम्म बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको बैठकले आगामी जेठ अन्तिममा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, निर्वाचन आयोगले भने जेठभित्र उपनिर्वाचन गर्न नसकिने स्पष्ट पारेको छ ।

राष्ट्रियसभाको रिक्त स्थानको चुनाव भने तोकिएकै समयभित्र हुने आयोगले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमालेको बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले जेठ अन्तिममा उपचुनाव गर्ने समयतालिका प्रस्तुत गरेका थिए ।

Facebook Comments