लागुऔषधसहित एक जना पक्राउ

पर्सा । लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका-५ निचुटाबाट शनिबार राति लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सोही ठाउँ बस्ने ३७ वर्षीय लक्ष्मी राउत कुर्मीलाई करिब ३ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ परेको छ ।

कुर्मीको घरमा लागूऔषध रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

Facebook Comments