सुनको मुल्य बढयो, हेरौँ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ सयले बढेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२ सय ९५ मा कारोबार भएको चाँदी मुल्य आज पनी सोही मुल्यमा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।

Facebook Comments