नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन : भारत

काठमाडाैँ । भारतले नेपाललाई सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक वातावरण निर्माण गर्न आग्रह गरेकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको नेतृत्वले सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए। नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँगै भारतले प्रतिक्रिया दिएको हो ।

मन्त्रालयको नियमित प्रेस सम्मेलनमा बोल्दै उनले भने,’कि नेपालको नेतृत्वले वार्ताका लागि सकरात्मक वातावरण निर्माण गर्नुपर्दछ।’ उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रहरुमा नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै नेपालले भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्नु पर्नेमा जोड दिए।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको समेत बताए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले विज्ञप्ति जारी गर्दै भनेका छन् ,’नेपाल सरकारले आज जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको छ। यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’

उनले यो पनि दावी गरे कि नेपालको विवादित क्षेत्र भारतको हो। कूटनीतिक वार्ताबाट सीमा विवाद समाधान गर्न नेपालले द्विपक्षीय सम्झौताको बिरूद्ध कदम चालेको भन्दै उनले नेपालको नयाँ नक्शालाई अस्वीकार गरेर जवाफ दिए।

बुधवार, नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रहरू ढाकेको नयाँ राजनीतिक र प्रशासनिक नक्शा जारी गर्‍यो। नेपालले कृत्रिम रूपमा आफ्नो क्षेत्र विस्तार गरेको विचार व्यक्त गर्दै श्रीवास्तवले भने,’कि भारतले यसलाई अस्वीकार गर्ने छ।’ मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिन पछि नेपाल सरकारले औपचारिक रूपमा लिपुलेक, कलापानी र लिम्पीयाधुराको नक्शा अनावरण गर्‍यो।

नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने श्रीवास्तवले बताएका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.