बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन सन्तुलित खाना महत्वपूर्ण

काठमाडौं । कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुले धारणा राखेका छन् ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले संक्रमणको जोखि बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुले धारणा राखेका हुन् ।

पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधानले ‘अहिले कोरोनाको दोस्रो लहरको अवस्था छ,यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प छैन ।’

उनले हाम्रो भान्छामा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, धनियाँ दालचिनी र दैनिक रुपमा प्रयोग गरिने ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, मह आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाउने जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.