‘मतदान गर्न जानेबेला बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु’

पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् ।

बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन् ।

​उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’

उनले समाचार र सामाजिक सञ्जालमा भ्रामक प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न पनि सबैमा आग्रह गरेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.