देशमा थप ३ हजार ५५६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ३ हजार ५५६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३ हजार ५५६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या तीन लाख तीन हजार ५६१ जना पुगेको छ । अहिलेसम्म २३ लाख ५४ हजार १६९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हालसम्म दुई लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । हाल ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.